दफा
दल स्वशासित सङ्गठित संस्था हुने
(१) यस ऐन बमोजिम दर्ता भएको दल अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था हुनेछ ।
(२) दलको आफ्नो काम कारबाहीको निमित्त एउटा छुट्टै छाप हुनेछ ।
(३) दलले यस ऐनको अधीनमा रही व्यक्ति सरह चल वा अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्थापन गर्न सक्नेछ ।
(४) दलले आफ्नो नामबाट नालीस, उजुर गर्न र दलउपर पनि सोही नामबाट नालीस, उजुर लाग्न सक्नेछ ।
(५) दलले यस ऐनको अधीनमा रही व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न वा दायित्व निर्वाह गर्न सक्नेछ ।